काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री विश्वप्रकाश शर्माले एकपटक समानुपातिक पाएकाले अर्को पटक नपाउने नयाँ प्रस्ताव अघि सारेका छन्।
‘एकपटकको समानुपातिक अन्तिम समानुपातिक’को अवधारणाका रूपमा प्रस्ताव पेस गर्दै शर्माले एक पटक समानुपातिक निर्वाचन प्रणालीबाट अवसर पाएको व्यक्ति अर्को पटक पुनः समानुपातिकमा नआउने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
प्रतिवेदन पेस गर्ने क्रममा शर्माले भने, ‘एक पटक समानुपातिक पाएको व्यक्ति अर्को पटक त्यसलाई अन्तिम मानिने प्रस्ताव मैले यहाँ पेस गरेको छु। यस विषयमा खुला छलफल गरौँ ।’
प्रतिक्रिया