काठमाडौँ । परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई इरान यात्रा नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले इरानमा विकसित हुँदै गएको सुरक्षा अवस्थालाई ध्यानमा राखेर हाल इरान जान योजना बनाइरहेका नेपाली नागरिकलाई अवस्था सामान्य नहुँदासम्म यात्रा स्थगित गर्न अनुरोध गरेको हो ।
त्यसैगरी, इरानमा बसोबास तथा रोजगारीमा रहेका नेपाली नागरिकलाई इरानी सरकारले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न, सकेसम्म घरभित्रै बस्न, सतर्क रहन र आफ्नो सुरक्षामा विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ।
प्रतिक्रिया