काठमाडौँ । सभामुख देवराज घिमिरेले संविधानलाई लिकमा ल्याउन प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका छन् ।
मंगलबार झापा निर्वाचन क्षेत्र नम्बर २ मा पत्रकार सम्मेलन गरेर उनले संसद् पुनःस्थापना गरेर तत्कालीन आन्दोलनकारीका जायज मागहरू कानुन संशोधन मार्फत पूरा गर्दै निर्वाचनमा जाने बताएका हुन् ।
सभामुख घिमिरेले भनेका छन्, ‘यो विषम परिस्थितिमा संविधानलाई लिकमा चढाएर हिँडाउनु हामी सबैको दायित्व हो । यसका लागि दुई वटा विकल्पहरू अहिले हाम्रो सामु देखिएका छन् । पहिलो संसद् पुनःस्थापना गरेर तत्कालीन आन्दोलनकारीका जायज मागहरू कानुन संशोधन मार्फत पूरा गर्दै निर्वाचनमा जाने र दोस्रो, अहिल्यै निर्वाचनमा जाने र नयाँ जनादेश लिने ।’
यी दुईमध्ये संसद् पुनःस्थापनाको विकल्प उपयुक्त रहेको भन्दै उनले अदालतबाट छिटो फैसला हुनुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, संसद् पुनःस्थापनाको विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेकाले थप केही भन्न त चाहन्नँ, तथापि छिटो फैसला होस् भन्ने अपेक्षा राख्दछु ।’
प्रतिक्रिया