+
Search

ताजा अपडेट +

पपुलर +

रवि लामिछानेलाई उन्मुक्ति दिनु आपत्तिजनक छः जेनजी मुभमेन्ट

शब्द-यात्रा
२०८२ माघ १, बिहीबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिन महान्यायाधिवक्ता कार्यालयले सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएकोप्रति जेन्जी मुभमेन्ट नेपालले आपत्ति जनाएको छ ।

जेनजी मुभमेन्टले शक्तिको दुरूपयोग भएको आरोप लगाउँदै महान्यायाधिवक्ता सविता भण्डारीलाई बर्खास्त गर्न मागसमेत गरेको छ ।

मुभमेन्टका प्रवक्ता विजय शाहले विज्ञप्ति जारी गर्दै शक्तिको दुरूपयोग गरेर कुनै पनि अपराधीलाई दिइने उन्मुक्ति जेनजी विद्रोहमाथिको धोका र बलिदानीमाथिको गम्भीर अपमान भएको बताएको छ ।

जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्की र महान्यायाधिवक्ता भण्डारीलाई सार्वजनिक रूपमा बहिष्कार गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा