काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी हुने भनिएका ८८५ हस्ताक्षरकर्ताले अब उक्त महाधिवेशनबाट बाहिरिएको जानकारीसहितको हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको बताएका छन्।
शुक्रवार निर्वाचन आयोगमा कांग्रेसको आधिकारिकता दाबी गर्न पुगेका खड्काले बताए अनुसार, विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिको समर्थन भएको दाबी गरिए पनि ती हस्ताक्षरकर्ताले आफ्नो समर्थन फिर्ता लिएका हुन्।
खड्काले भने, “हस्ताक्षरकर्ताहरू सहभागी हुने वा नभएको कुरा बाहिर आएको छ। ती हस्ताक्षरकर्तामध्ये ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएको प्रमाणसहित केन्द्रिय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर बुझाएका छन्। हाम्रो कार्यालयमा भेला हुनु अघि र पछि दुवै हस्ताक्षर प्रमाण उपलब्ध छ।”
यसअघि गगन थापा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट नयाँ केन्द्रिय कार्यसमिति चयन गरिसकेको छ।
प्रतिक्रिया