+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल प्रहरीका ११ एसएसपीको सरुवा, कुन कहाँ ? (सूचीसहित)

शब्द-यात्रा
२०८२ माघ ३, शनिबार

काठमाडौँ । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले विज्ञप्ति जारी गर्दै सरुवाको जानकारी दिएको हो।

सरुवा हुने एसएसपीहरूमा केदार खनाल, दिपक पोखरेल, दीप शम्शेर जबरा, नान्ती राज गुरुङ, विमल राज कँडेल, महेन्द्र खड्का, रमेश कुमार बस्नेत, श्याम कुमार महतो, वसन्त रजौरे, सन्तोष खड्का र सोमेन्द्र सिंह राठोर रहेका छन्।

सरुवाअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रमेश कुमार बस्नेतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको शान्ति सुरक्षा महाशाखा, रानीपोखरीमा पठाइएको छ। उक्त कार्यालयमा गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत सन्तोष खड्कालाई सरुवा गरिएको छ।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत सोमेन्द्र सिंह राठोरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ।

प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत वसन्त रजौरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जिम्मेवारी दिइएको छ।

नेपाल प्रहरीले संगठनात्मक आवश्यकता अनुसार एसएसपीहरूको सरुवा गरिएको जनाएको छ।

यस्तो छ सूची:

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा