काठमाडौँ । गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेर आधिकारिकता विवादलाई आइतबार नै निरुपण गर्न शेरबहादुर देउवा पक्षले गरेको आग्रहलाई सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट निवेदन दर्ता गरेर आइतबार नै सुनुवाइ गरिदिन अदालतलाई आग्रह गरे पनि सर्वोच्च प्रशासनले नियमावलीले नमिल्ने जवाफ दिएको हो ।
निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई वैधता दिँदै गगन थापा पक्षलाई कांग्रेसको आधिकारिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षका नेताहरु सर्वोच्च अदालत पुगेका हुन् ।
प्रतिक्रिया