काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि सोमबार मात्रै मन्त्री पदबाट राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
खरेलले ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपाको उम्मेदवारका रूपमा आफ्नो मनोनयन दर्ता गराउने तयारी गरेका छन् ।
खरेल जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारमा मन्त्री नियुक्त भएका थिए । मंगलबार बिहान उनलाई रास्वपामा स्वागत गरिएको हो ।
प्रतिक्रिया