काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन १० हजार ४०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । त्यति नै चाँदीको मोल पाँच हजार ९२० कायम भएको छ ।
मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार ७०० र त्यति नै चाँदीको मोल पाँच हजार ८८० कायम भएको थियो ।
प्रतिक्रिया