+
Search

ताजा अपडेट +

पपुलर +

माधव नेपाल जोडिएको पतञ्जलि भ्रष्टाचार काण्डको पेसी तोकियो

शब्द-यात्रा
२०८२ माघ ७, बुधबार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतञ्जलि भ्रष्टाचार काण्डको मुद्दाको पेसी तोकिएको छ ।

उक्त मुद्दाको पेसी माघ १४ गतेलाई तोकिएको छ ।

मुद्दाको सुनुवाइपछि विशेष अदालतको आदेशअनुसार फाइलहरू आएपछि उक्त मुद्दाको पेसी तोकिएको हो । गत जेठ २२ गते पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा अख्तियारले नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो । अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा