+
Search

ताजा अपडेट +

पपुलर +

माधव नेपालविरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

शब्द-यात्रा
२०८२ माघ ७, बुधबार

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालको उम्मेदवारीविरुद्ध उजुरी परेको छ ।

रौतहट १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामनरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा उम्मेदवारी खारेजीको माग गर्दै नेपालविरुद्ध उजुरी दिएका हुन् ।

पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको र भ्रष्टाचार मुद्दा दायर भई निलम्बित अवस्थामा रहेका व्यक्ति प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम निर्वाचन लड्न अयोग्य हुने भएकाले नेपालको उम्मेदवारी खारेज हुनुपर्ने उजुरीमा दाबी गरिएको छ ।

america – 1

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा