काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ स्थगित भएको छ।
महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा पेसी तोकेर पनि आज सुनुवाइ हुन नसकेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा आजका लागि पेसी तोकिए पनि उक्त रिट ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ । रिट निवेदकहरूले महान्यायाधिवक्ताको उक्त निर्णय तत्काल बदर गरी उत्प्रेषणको आदेश जारी गर्न माग गरेका छन्।
प्रतिक्रिया