+
Search

ताजा अपडेट +

पपुलर +

ब्रेकिङ न्युज:

सुनको मूल्यमा ऐतिहासिक उछाल, तोलाको ३ लाख १ हजारभन्दा बढी

शब्द-यात्रा
२०८२ माघ ९, शुक्रबार

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। बिहीबारको तुलनामा आज सुन प्रतितोला रु ९ हजार २०० र चाँदी रु ३२० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख १ हजार ४०० मा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ६ हजार १९० पुगेको छ।

यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ९५ हजार १०० र चाँदी रु ५ हजार ९२० कायम थियो। मङ्गलबार सुन रु २ लाख ८४ हजार ७०० र चाँदी रु ५ हजार ८८० मा कारोबार भएको थियो।

गत आइतबार सुन प्रतितोला रु २ लाख ७८ हजार ८०० र चाँदी रु ५ हजार ६२५ मा किनबेच भएको थियो भने सोमबार सुन रु २ लाख ८२ हजार र चाँदी रु ५ हजार ८१० मा कारोबार भएको महासङ्घले जनाएको छ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ९६० अमेरिकी डलर र चाँदी प्रतिऔँस ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा