+
Search

ताजा अपडेट +

पपुलर +

कैलालीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

शब्द-यात्रा
२०८२ माघ १२, सोमबार

कैलालीमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–८ का सतिङ दाहालले सोमबार घरायसी विवादमा श्रीमती ३० वर्षीया हिरा दाहाललाई कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।

कुटपिटबाट घाइते हिरालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सतिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू धनगढी १३ को राजपुरमा डेरा गरी बस्दै आएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा