काठमाडौँ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहित निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेको छ ।
बुधवार बुटवलमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरूले प्रतिनिधिसभाको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
पार्टीको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले संघीयता खारेज हुनुपर्ने र देशको राष्ट्रियता, सार्वभौमता र अखण्डताको रक्षा हुनुपर्नेलगायतका विषयलाई समावेश गरेर घोषणा पत्र सार्वजनिक गरिएको बताए ।
प्रतिक्रिया