काठमाडौँ । संघीय निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ सदस्यीय निर्वाचन सम्पादन समिति गठन गरेको छ ।
पार्टीको केन्द्रीय समिति बैठकको निर्णयअनुसार उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा समिति गठन गरिएको हो।
समितिको सदस्य सचिवमा शंकर श्रेष्ठ रहेका छन् । यस समितिले निर्वाचन अभियानलाई योजनाबद्ध र सशक्त ढंगले अघि बढाउने रास्वपाले विश्वास लिएको छ ।
प्रतिक्रिया