काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापालाई स्पष्टीकरण सोधेको छ।
बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार रहेका थापाले दिएको अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो।
उनले बागमतीका मुख्यमन्त्री ईन्द्र बानियाँलाई लक्ष्य गरी गाली गरेको भन्दै निवेदन परेपछि आयोगले स्पष्टीकरण सोधेको छ। आयोग स्रोतका अनुसार थापालाई ३ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ।
प्रतिक्रिया