काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले संसद् पुनःस्थापना बारेको मुद्दामा सर्वोच्च अदालत भाग्न नपाउने बताएका छन् ।
बुधबार काठमाडौँ उपत्यकाका १५ जना उम्मेदवारहरूसँगको संवादमा बोल्दै उनले संसद् पुनःस्थापनाको माग गर्दै दायर भएको रिटमाथि सर्वोच्चले तत्काल फैसला गर्नुपर्ने बताएका छन् ।
‘संसद् पुनःस्थापनाको प्रक्रियामा सर्वोच्च अदालत भाग्न पाउँदैन । निरूपण तत्कालै गर्नुपर्छ । पुनःस्थापना हुने हो भने निर्वाचनका नाममा भइरहेका अनावश्यक खर्च रोकिनुपर्छ । नहुने हो भने ढुक्कसँग निर्वाचनमा जानुपर्छ । यसरी न बिरालोको चाल न कुकुरको भनेजस्तो हुँदैन ।’
उनले सरकार कुनै दलको जस्तो भूमिका खेलिरहेको समेत आरोप लगाए ।
प्रतिक्रिया