+
Search

ताजा अपडेट +

पपुलर +

घट्यो सुनचाँदीको मूल्य

शब्द-यात्रा
२०८२ माघ २३, शुक्रबार

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबारको तुलनामा दुवै बहुमूल्य धातुको मूल्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार रुपैयाँ कायम भएको छ। यस्तै, एक तोला चाँदीको मूल्य चार हजार ७१० रुपैयाँ निर्धारण गरिएको छ।

बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ र चाँदी चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि बुधबार सुनको मूल्य तीन लाख चार हजार ७०० रुपैयाँ र चाँदी पाँच हजार ६०० रुपैयाँ रहेको थियो। मङ्गलबार भने सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ र चाँदी पाँच हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२८ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने सेतो धातु (चाँदी) प्रतिऔँस ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा