+
Search

ताजा अपडेट +

पपुलर +

वीरगञ्जमा भन्सार छलीको घटनाः छापा मार्न गएको सशस्त्रको टोलीमाथि आक्रमण

शब्द-यात्रा
२०८२ माघ २६, सोमबार

वीरगञ्जमा भन्सार र सशस्त्र प्रहरी बलको संयुक्त टोलीमाथि आक्रमण भएको छ ।

वीरगञ्ज महानगरपालिका आदर्शनगरस्थित एक स्टोरमा छापा मार्न गएको भन्सार र सशस्त्र प्रहरी बलको संयुक्त टोलीमाथि केही स्थानीयले आक्रमण गरेका हुन् ।

गैरकानुनी रूपमा गोदाममा सामान राखिएकोबारे एपीएफको सुरक्षासहित छापा मार्न गएका कर्मचारीलाई आक्रमण भएको प्रहरीले जनाएको छ । सो क्रममा एकजना सशस्त्र प्रहरी घाइते भएका छन् । एपीएफको गाडी पनि तोडफोड गरिएको छ । संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा