काठमाडौँ । काठमाडाैँबाट यात्रु लिएर ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको यात्रुबाहक बस दुर्घटनामा नौ जनाको शव फेला परेको छ ।
मगंलबार बिहान करिब १०ः३० बजेको समयमा मन्थली नगरपालिका– ६ भलुवाजोरस्थित लिलौटी भन्ने स्थानमा बस दुर्घटना हुँदा नौ जनाको ज्यान गएको हो ।
उक्त बस सडकवाट तामाकोशी नदीमा खसेको थियो । घाइतेमध्ये दश जनाको घटनास्थलबाट उद्धार गरी उपचारका लागि सिन्धुलीको खुर्कोट र रामेछापको मन्थलीका विभिन्न अस्पतालमा पठाइएको छ ।
अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । बस दुर्घटना र यात्रुको संख्या यकिन भएको छैन ।
प्रतिक्रिया