काठमाडौँ । जहरसिंह पौवाबाट काठमाडौँतर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।
शंखरापुर नगरपालिका-३ स्थित फेदीको पुल नजिक जहरसिंपौवा यातायात प्रालिको बस दुर्घटना भएको हो।
घाइतेलाई पिपल्स लाइफ केयर हस्पिटल साँखु र गम्भीर घाइते भएकालाई काठमाडौँ मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया