+
Search

ताजा अपडेट +

पपुलर +

दुई मोटरसाइकल ठोक्किदा पछाडि सवार एक व्यक्तिको मृत्यु

शब्द-यात्रा
२०८२ फागुन २, शनिबार

काठमाडौँ । सुनसरीको दुहबी–८ स्थित जुटमिल अगाडि कोशी राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार साँझ भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सप्तरीको फुलहारा–३ घर भएका ४९ वर्षीय तीर्थनारायण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यादव हाल इटहरी–१३ मा रहेको रिलायन्स फ्याक्ट्रीको क्वाटरमा बस्दै आएका थिए । फलाम फ्याक्ट्रीबाट कोशी राजमार्गमा निस्किएर दुहबीतर्फ आइरहेको को २७ प ८१३४ नं को मोटरसाइकल र खनारबाट दुहबीतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ३०५९ नं को मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा