काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज चुनावी संकल्प पत्र सार्वजनिक गर्ने भएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार दिउँसो सवा एक बजे एक कार्यक्रमबीच पार्टीको संकल्प पत्र सार्वजनिक गर्न लागेका हुन् ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार निर्वाचन आयोगले ३ फागुनसम्म सबै राजनीतिक दललाई चुनावी घोषणापत्र उपलब्ध गराउन आग्रह गरे अनुसार दलहरूले घोषणापत्र सार्वजनिक गरिरहेका छन् । कांग्रेस, एमाले र रास्वपाले भने चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छैनन् । कांग्रेसले भोलि सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया