+
Search

ताजा अपडेट +

पपुलर +

अस्मिता विष्टको ‘ब्ल्याकहोलमा गीतहरू’ सार्वजनिक

शब्द-यात्रा
२०८२ फागुन ३, आइतबार

काठमाडौँ । कवि अस्मिता विष्टको कवितासंग्रह ‘ब्ल्याकहोलमा गीतहरू’ शनिबार सार्वजनिक भएको छ।

कवि श्रवण मुकारुङ, विमला तुम्खेवा, समीक्षक गुरुङ सुशान्त र स्वयं विष्टले संयुक्त रूपमा काठमाडौँस्थित सर्वनाम थिएटरमा एक कार्यक्रमकाबीच पुस्तक सार्वजनिक गरेका हुन्।

कार्यक्रममा वक्ताहरूले संग्रहलाई समकालीन नेपाली कवितामा अर्थपूर्ण हस्तक्षेपका रूपमा व्याख्या गरे। उनीहरूले विष्टका कवितामा प्रेम, नारी संवेदना, आदिवासी सौन्दर्य र सामाजिक प्रतिरोधका विषय सशक्त रूपमा उठाइएको बताएका थिए।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस, धरानमा प्राध्यापनरत विष्टले आफ्ना कविता जीवन अनुभव, अध्ययन र अवलोकनबाट जन्मिएको बताइन्।

विमोचन कार्यक्रममा केही कविता वाचनसमेत गरिएको थियो।

इन्डिगो इन्कद्वारा प्रकाशित उक्त पुस्तकको मूल्य ३४९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा