काठमाडौँ । नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आइतबार २६३औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाएको छ ।
शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका थिए ।
सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। त्यस अवसरमा सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी





प्रतिक्रिया