+
Search

ताजा अपडेट +

पपुलर +

बेलायत पठाउने भन्दै ५० लाख ठगी गर्ने युवती पक्राउ

शब्द-यात्रा
२०८२ फागुन ५, मंगलबार

काठमाडौं । वैदेशिक रोजगारीमा बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् ।

तारकेश्वर नगरपालिका–७ घर भएकी ३५ वर्षीया नीमा डोल्मा लामालाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ । उनले बेलायत पठाउने भन्दै २ जनाबाट रकम लिएर ठगी गरेको आरोप प्रहरीको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा