+
Search

ताजा अपडेट +

पपुलर +

दीपकुमार उपाध्यायसहित १९ जनालाई पार्टीबाट निष्कासन गर्न कांग्रेसको सिफारिस

शब्द-यात्रा
२०८२ फागुन ६, बुधबार

काठमाडौँ । नेपाली कांग्रेस कपिलवस्तुले दीपकुमार उपाध्यायसहित १९ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ ।​​​

पार्टीको निर्णयविरुद्ध काम गरेको भन्दै उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको हो ।

उपाध्यायका छोरा आशिष शर्माले स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसले उनलाई ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न प्रदेश र केन्द्रमा सिफारिस गरेको हो । आशिषले कपिलवस्तु क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका छन् ।

कांग्रेस कपिलवस्तु जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले उपाध्यायका साथै बागी उम्मेदवार आशिष, पार्टीका कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँसहितलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न लुम्बिनी प्रदेश कार्यसमिति र केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको बताइएको छ ।

कांग्रेस कपिलवस्तुले महासमिति सदस्यहरू राजेशबहादुर सिंह, कमल टण्डन, विष्णुप्रसाद न्यौपाने, जिल्ला सदस्य हरिराज घिमिरे, दुर्गा केसी, कमलराज आचार्य र डोलकराम घिमिरेलाई पनि कारबाहीका लागि सिफारिस गरेको छ । कपिलवस्तु १ मा कांग्रेसका अतहर कमल मुसलमान उम्मेदवार छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा