+
Search

ताजा अपडेट +

पपुलर +

भरुवा बन्दुकसहित दुई जना पक्राउ

शब्द-यात्रा
२०८२ फागुन ६, बुधबार

तनहुँको देवघाट गाउँपालिका ४ बाट दुईथान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा देवघाट ४ सार्वाङका ४० वर्षीय पूर्णबहादुर गुरुङ र २४ वर्षीय अर्जुन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनएको छ ।

प्रहरीले उनीहरूलाई रिस्ती खोलाबाट पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरूबाट बारुद जस्तो देखिने कालोपदार्थ र फलामका टुक्रासमेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध मङ्गलबार जिल्ला अदालतबाट हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा