काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी वर्षदेखि मल नपाउने किसान नभेटिने बताएका छन् ।
उनले आफ्नो पार्टीको कार्यक्रम ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ नामक खुला बहसमा आगामी वर्षदेखि नेपालमा ‘मैले मल पाइनँ’ भन्ने गुनासो सुन्नु नपर्ने घोषणा गरेका हुन् ।
मलको सहज आपूर्तिका लागि वर्तमान खरिद कानुनले नपुग्ने भन्दै यसलाई बहुवर्षीय सम्झौतामा जानुपर्ने थापाको भनाइ छ । ‘अहिले मल वितरणको जुन प्रणाली छ, यसलाई पनि बदल्ने छौं,’ उनले भने, ‘मलको दुष्चक्र अन्त्य गर्ने र कृषि बीमामा जोड दिइने छ, मध्यपूर्वी क्षेत्रमा कृषि निर्यातमा जोड दिने हाम्रो नीति छ ।’
प्रतिक्रिया