+
Search

ताजा अपडेट +

पपुलर +

बाघ गणना गर्न राखिएका ६० क्यामरा गायब

शब्द-यात्रा
२०८२ फागुन ९, शनिबार

काठमाडौँ । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएका ६० वटा क्यामरा हराएका छन्।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार बाघ गणना गर्न राखिएका ८५ क्यामेरामध्ये ६० वटा हराएका र २५ वटा बिग्रेका हुन् ।

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एक हजार ७८० वटा क्यामेरा प्रयोग गरिएको थियो । गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना बिहीबार सम्पन्न भएको छ।

यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । उक्त गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा