+
Search

ताजा अपडेट +

पपुलर +

हिन्दु र मुस्लिमबीच झडपपछि रौतहटमा कर्फ्यु, १८ जना पक्राउ

शब्द-यात्रा
२०८२ फागुन ९, शनिबार

काठमाडौँ । हिन्दु र मुस्लिमबीच झडपपछि रौतहटमा कर्फ्यु आदेश जारी गरिएको छ ।

शनिबार दिउँसो १ बजेदेखि लागू हुने गरी प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कर्फ्यु आदेश जारी गरेका हुन् ।

गौर नगरपालिका क्षेत्रमा अर्को आदेश नभएसम्मका निम्ति कर्फ्यु लगाइएको छ । यसक्रममा उच्छृंखल गतिविधिमा संलग्न आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेको बताइएको छ ।

रौतहटमा हिन्दु र मुस्लिम समुदायबीचमा विवाद भएपछि सदरमुकाम गौरमा शनिवार झडप भइरहेको छ ।  ३ दिनअघि जन्ती गएका हिन्दु समुदायका मानिसहरू मस्जिद नजिक पुगेपछि विवाद सुरु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा