+
Search

ताजा अपडेट +

पपुलर +

गौरमा आज पनि कर्फ्यु जारी

शब्द-यात्रा
२०८२ फागुन १०, आइतबार

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा जारी कर्फ्युलाई आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म केही खुकुलो गरिए पनि निरन्तरता दिएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अर्को सूचना नआएसम्मका लागि कर्फ्युलाई निरन्तरता दिइएको जानकारी दिएका छन् ।

गौरको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालयमा कर्फ्यु लागू गरिएको छ । शनिबार बिहान गौर नगरपालिका–६ स्थित सनगडा गाउँमा मुस्लिम समुदायले प्रार्थना गरिरहेका बेला हिन्दू समुदायले बाजा बजाएको भन्दै विवाद सिर्जना भएपछि विवाद भड्किएर हिंसात्मक रूप लिँदै झडपमा परिणत भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा