काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भारत सरकारले सशस्त्र प्रहरी बललाई अनुदानमा टियर ग्याँस सेल दिएको छ ।
निर्वाचनमा प्रयोग गर्न १० हजार सेल टियर ग्याँस भारत सरकारबाट प्राप्त भएको सशस्त्र प्रहरी बलका एक अधिकृतले बताएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारतले नेपाल सरकारलाई सहयोग स्वरूप ५३८ वटा गाडी हस्तान्तरण गरेको छ । हालसम्म ५३८ वटा गाडी नेपाल आइपुगेको गृह मन्त्रालयले जनाएको छ ।
भारत सरकारबाट सहयोग प्राप्त गाडीमध्ये सशस्त्र प्रहरी बललाई ९३ वटा गाडी दिइएको छ ।
प्रतिक्रिया