काठमाडौँ । धादिङमा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
गएराति करिब १:३० बजे बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस अनियन्त्रित भई त्रिशुली नदीको किनारमा खसेर दुर्घटना भएको हो।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी विष्णुप्रसाद भट्टका अनुसार दुर्घटनामा परेका घाइतेहरूलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया