+
Search

ताजा अपडेट +

पपुलर +

कञ्चनपुरको मणिकाधाममा पहिलोपटक पुग्यो विद्युत् सेवा

शब्द-यात्रा
२०८२ फागुन १३, बुधबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम) मा पहिलोपटक नियमित विद्युत् सेवा पुगेको छ ।

यस अगाडि भक्तजन अँध्यारोमा पूजाआराधना गर्न बाध्य थिए ।

नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले करिब रु ६५ लाख लागतमा मुडकादेखि धारापानीसम्म करिब पाँच किलोमिटर क्षेत्रमा ८२ पोल जडान गरी ‘ट्रान्सफर्मर’ स्थापना गरेर विद्युत् आपूर्ति सुरु गरेको छ । पोल गाड्ने, तार तान्ने, इन्सुलेटर जडान गर्ने र ट्रान्सफर्मर राख्ने सम्पूर्ण काम ठेक्का प्रक्रियामार्फत सम्पन्न गरिएको हो ।

विद्युत् सेवा विस्तारसँगै मन्दिर परिसर, नवनिर्मित भजनघर तथा आसपासका क्षेत्रमा बल्ब जडान गरी क्षेत्र झिलीमिली बनाइएको छ । यसअघि साँझपख पूजा, आरती र धार्मिक कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुने गरेकामा अब सहज भएको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा