+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपा नवलपरासी सभापति महेन्द्र सिंह ठकुरी कांग्रेस प्रवेश

शब्द-यात्रा
२०८२ फागुन १४, बिहीबार

काठमाडौँ । नवलपरासीका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रतिनिधिसभाको निर्वाचन हुन एक साता बाँकी रहँदा रास्वपा सभापति ठकुरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवलपरासी बर्दघाटको चौपतामा भएको चुनावी सभामा कांग्रेस प्रवेश गरेका उनलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टी प्रवेश गराएर खादामालाले स्वागत गरेका छन् ।

रास्वपाका संस्थापक जिल्ला सभापति ठकुरी पछिल्लो समय टिकट वितरणको विषयलाई लिएर असन्तुष्ट थिए । ठकुरीले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा १२ हजार ४९९ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा