काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले २०४६ पछिका सबै काण्डको छानबिन गरेर कारबाही गर्ने बताएका छन् ।
बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन्।
‘२०४६ साल पछाडि भएका भनिएका र सुनिएका प्रत्येक काण्डहरूको छानबिन गर्ने मात्र होइन, त्यो काण्डमा संलग्न मेरै परिवारको सदस्य रहेछ भने पनि त्यो एकजना मानिस पनि बच्दैन’, उनले भने, ‘पाँच वर्षको कार्यकालमा कांग्रेस सभापतिको हैसियतले भन्दै छु, एउटा काण्ड पनि नेपाली कांग्रेसको सरकारले गर्यो भन्ने कुरा एउटा नागरिकले पनि सुन्नुपर्दैन ।’
थापाले जेन–जी आन्दोलनपछि देशलाई स्थिरतामा राख्नका निम्ति चुनाव अनिवार्य शर्त भएको बताएका छन् ।
प्रतिक्रिया