+
Search

ताजा अपडेट +

पपुलर +

यो निर्वाचन देश बनाउने र बिगार्नेबीचको जनमत संग्रह हो, एमालेले देश बनाउँछ: ईश्वर पोखरेल

शब्द-यात्रा
२०८२ फागुन १५, शुक्रबार

काठमाडौँ । ईश्वर पोखरेलले आसन्न निर्वाचनलाई देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा चित्रण गरेका छन्।

काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका उनले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले)लाई मुलुकको निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका हुन्।

उनले आगामी निर्वाचन देश बनाउने र बिगार्ने शक्तिबीचको जनमत संग्रहजस्तै भएको उल्लेख गर्दै एमालेले देश बनाउने शक्तिको प्रतिनिधित्व गर्ने दाबी गरे। मुलुकलाई अस्तव्यस्त बनाइ त्यसबाट लाभ लिन खोज्ने केही शक्तिहरू सक्रिय रहेको उनको आरोप थियो।

पोखरेलले नेपाली जनतालाई निर्वाचनलाई गम्भीर रूपमा लिन आग्रह गर्दै स्थिरता, विकास र समृद्धिका लागि एमालेको पक्षमा उभिन आह्वान गरे।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा