+
Search

ताजा अपडेट +

पपुलर +

हेलिकप्टरबाट निर्वाचन सामाग्री ढुवानी हुने हुम्लाका ४ वटा मतदान केन्द्र कुन–कुन हुन् ?

शब्द-यात्रा
२०८२ फागुन १७, आइतबार

काठमाडौँ । हुम्लाका ४ वटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको छ ।

नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको भृकुटी आधारभूत विद्यालय जाङ, सुनखानी आधारभूत विद्यालय हल्जी, हिमशिखर आधारभूत विद्यालय तील, गाउँपालिका–४ को हिमालय आधारभूत विद्यालय चाला मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको हो ।

प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार यी चारवटै मतदान केन्द्रमा हिमपातले यातायात सेवा अवरुद्ध भएका कारण चारवटा मतदान केन्द्र गरी २० कर्मचारी, नेपाली सेना, निर्वाचन प्रहरी, नेपाल प्रहरीसहितका सुरक्षाकर्मी ८० जना गरी १०२ कर्मचारी र मतपत्रलगायतका निर्वाचन सामग्री आज र भोलि गरी २ दिनमा हेलिकप्टरबाटै ओसारिने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा