+
Search

ताजा अपडेट +

पपुलर +

गृहमन्त्री अर्यालको टोली सुदूरपश्चिका जिल्ला अनुगमनमा

शब्द-यात्रा
२०८२ फागुन १७, आइतबार

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उच्चस्तरीय सुरक्षा निकायका प्रमुख सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको अनुगमन तथा निरीक्षणमा निस्किएको छ ।

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहितको उच्चस्तरीय टोली निरीक्षणमा निस्किएको हो ।

प्रतिनिधिमण्डलले आज बाँकेको नेपालगन्ज हुँदै बझाङ, बाजुरा र धनगढी पुगेर निर्वाचन सुरक्षा र जिल्लाका मतदान केन्द्रको स्थलगत अनुगमन गर्ने भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा