+
Search

ताजा अपडेट +

पपुलर +

दुबई र दोहाका हवाई उडान पूर्ण रूपमा रद्द

शब्द-यात्रा
२०८२ फागुन १८, सोमबार

काठमाडौँ । नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलमा तय गरिएका हिजो र आजका उडानहरू पूर्ण रूपमा रद्द गरेको छ।

निगमका दुबई र दोहा विमानस्थलमा हिजो १७ र आज १८ गतेका लागि तय गरिएका सबै उडान पूर्ण रूपमा रद्द गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

थप जानकारीका लागि नेपाल वायुसेवा निगमको आधिकारिक ‘वेबसाइट तथा निगमको आधिकारिक सामाजिक सञ्जाल नियमित रूपमा अवलोकन गर्न तथा अत्यावश्यक सोधपुछका लागि ९८५१२७३४५९ र ९८५१४२२१५६ मा सम्पर्क गर्न निगमले अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा