काठमाडौँ । इरानी आक्रमणमा परी यूएईमा मृत्यु हुने नेपालीको सनाखत भएको छ ।
नेपाली राजदूतावास, अबुधाबीले सोमबार एक विज्ञप्ति जारी गर्दै संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको ड्रोन आक्रमणसँग सम्बन्धित घटनामा परी मृत्यु हुने नेपाली नागरिकको पहिचानसहित आधिकारिक जानकारी गराएको हो।
दूतावासका अनुसार अबुधाबीस्थित जायद अन्तरराष्ट्रिय विमानस्थलमा इरानले प्रहार गरेको ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा परी गोर्खा जिल्ला स्थायी घर भएका २९ वर्षीय दिबस श्रेष्ठको मृत्यु भएको हो ।
उनी यूएईस्थित मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए ।

प्रतिक्रिया