+
Search

ताजा अपडेट +

पपुलर +

रामेछापमा निर्वाचन सामाग्री बोकेको गाडी दुर्घटना हुँदा एक प्रहरीको मृत्यु, सात जना घाइते

शब्द-यात्रा
२०८२ फागुन १८, सोमबार

रामेछाप । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि सामाग्री र कर्मचारी बोकेर जाँदै गरेको गाडी रामेछाप नगरपालिका- २, देउरालीमा दुर्घटनामा परेको छ। दुर्घटनामा एक जना प्रहरीको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।

वडा नं २ का अध्यक्ष निरकुमार श्रेष्ठका अनुसार नम्बर खुल्न नसकेको महेन्द्र निसान गाडी वडा कार्यालय नजिकै स्वमिडाँडा क्षेत्रमा उकालो मोडमा ब्रेक फेल भई पल्टिएको आशंका गरिएको छ। गाडीमा निर्वाचन सामाग्री र कर्मचारी सवार थिए।

दुर्घटनामा सात जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र तीन जनाको अवस्था सामान्य रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए। सबै घाइतेलाई उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि अस्पताल पठाइएको छ।

दुर्घटनास्थलमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसहितको टोली पुगिसकेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ। दुर्घटनामा परेको गाडीमा रहेका निर्वाचन सामाग्री भने सुरक्षित रहेको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा