काठमाडौँ । सुर्खेतको भेरीगंगा नगरपालिका–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा सोमबार बिहान शंकास्पद वस्तु फेला परेको छ।
आज मंगलबार बिहान सडक छेउको नालामा रातो प्लाष्टिकले बेरिएको प्रेसर कुकर तथा नजिकै रातो प्लाष्टिकको पोकामा ‘खतरा’ लेखिएको अवस्थामा वस्तु देखिएको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय छिन्चुबाट करिब ३ किलोमिटर उत्तरतर्फ पर्छ। शंकास्पद वस्तुको प्रकृति पहिचान गर्न नेपाली सेनासँग समन्वय भइरहेको र आवश्यक सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।
हालसम्म कुनै क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
प्रतिक्रिया