काठमाडौँ । ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका विभिन्न मतदान केन्द्रको स्थलगत निरीक्षण गरेका छन् ।
उनीसहित राजकुमार श्रेष्ठ र आनन्द काफ्लेलगायतको टोलीले बुंमती, लेले, नल्लु र ठेचो क्षेत्रका मतदान केन्द्रमा पुगेर निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे जानकारी लिएका हुन् ।
अनुगमनका क्रममा मन्त्री अर्यालले शान्ति-सुरक्षा सुदृढ बनाइएको उल्लेख गर्दै आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे । उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे ।
यसअघि मन्त्री अर्यालसहितको टोलीले नेपालगञ्ज, अछाम, बझाङ, बाजुरा, धनगढीलगायत क्षेत्रमा पनि निर्वाचन तयारीको अनुगमन गरेको थियो।
गृहमन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एकीकृत सुरक्षा योजना अन्तर्गत आवश्यक तयारी पूरा भएको जनाएको छ।
प्रतिक्रिया