काठमाडौँ । फागुन २१ गते आज देशभर मतदान जारी रहेको छ। बिहानैदेखि विभिन्न मतदान केन्द्रमा मतदाताको उपस्थितिसहित मतदान प्रक्रिया सुरु भएको हो।
निर्वाचन आयोगका अनुसार देशका सबै जिल्लामा तोकिएका मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। मतदाताहरू बिहानैदेखि मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
मतदानलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ भने मतदान केन्द्रहरूमा आवश्यक व्यवस्थापन गरिएको जनाइएको छ।
यसअघि प्रधानमन्त्री सुशीला कार्की ले पनि सामाजिक सञ्जालमार्फत सबै नागरिकलाई मतदान केन्द्रमा पुगेर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गरेकी थिइन्।
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरोकारवाला निकायहरूले सबैलाई संयम र जिम्मेवारीका साथ मतदानमा सहभागी हुन आग्रह गरेका छन्।
निर्वाचन आयोगले साँझ तोकिएको समयसम्म मतदान जारी रहने जनाएको छ।
प्रतिक्रिया