+
Search

ताजा अपडेट +

पपुलर +

मतदानमा सहभागी भएनन् राष्ट्रपति र उपराष्ट्रपति

शब्द-यात्रा
२०८२ फागुन २१, बिहीबार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आजको मतदानमा सहभागी भएनन् ।

संविधानका संरक्षकका रूपमा तटस्थता कायम गर्दै राष्ट्रपति र उपराष्ट्रपतिले मतदान नगरेको बताइएको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेल संविधानको संरक्षक र राष्ट्रकै अभिभावक भएकाले मतदानमा सहभागी नहुने निर्णय गरेको बताएका छन् । यस्तै, उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक तटस्थताका कारण मतदान प्रक्रियामा सहभागी नभएको प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा