काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग टेलिफोन वार्ता गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले आज दिउँसो कतारका समकक्षी अल–थानीलाई टेलिफोन गरी कतारमा रहेका ३ लाख ६० हजार नेपाली नागरिकको सुरक्षा तथा संरक्षण उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेकी हुन् ।
प्रधानमन्त्रीले पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकी हुन् ।
कुराकानीका क्रममा कतारका प्रधानमन्त्री अल–थानीले वर्तमान परिस्थितिलाई दुर्भाग्यपूर्ण भन्दै आफ्नो मुलुकले सार्वभौमिकता र भूमिको सुरक्षाका लागि वा आत्मसुरक्षाका लागि मात्र प्रयास गरिरहेको जानकारी उनले दिए ।
प्रतिक्रिया