काठमाडौँ । जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका नेता ज्ञानेन्द्र शाही निर्वाचित भएका छन्। उनले १४ हजार ८१६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाली कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ मत ल्याएका छन्।
त्यस्तै नेकपा एमालेका शान्तिलाल महतले ४ हजार ५१८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की बिनिता कठायतले ४२१ मत ल्याएकी छन्।
अन्तिम मत परिणामसँगै ज्ञानेन्द्र शाही जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
प्रतिक्रिया